दाउरा प्रहार गरी श्रीमतीको हत्या

१६ मंसिर, बाँक ।
लैङ्गिक हिसां विरुद्ध १६ दिने अभियान चलिरहँदा बाँकेमा एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेका छन् । लैङ्गिक हिसांमा पनि महिला माथि युगौं देखि भैरहेका हिसां न्यूनीकरण गर्नका लागि बाँकेमा विभिन्न औपचारिक कार्यक्रम भैरहँदा बाँकेको सदरमुकाम नेपालगन्जमै धम्बोजी १ का रामसागर काँदुले आफनी श्रीमती बदली काँदुको दाउरा प्रहार गरि हत्या गरेका हुन ।
मंगलबार अपरान्ह काँदुले आफ्नै श्रीमती बदलीलाई चिरपट दाउरा प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । श्रीमतीको हत्या पछि कादु फरार रहेका छन् । आफ्ना २ छोराहरु विद्यालय गएको अवस्थामा घरमा कोहि नभएको मौका छोपी काँदुले श्रीमतीको हत्या गरेको प्रहरीले आशंका गरेको छ । प्रहरीले घटनास्थलबाट हत्या गर्न प्रयोग गरिएको चिर्पट दाउरा समेत बरामद गरेको छ ।
श्रीमतिको हत्या पश्चात काँदु भने फरार रहेका छन । काँदुकी श्रीमती बदलीको टाउको र मुखमा चोट देखिएको छ । काँदुका २ छोरा स्कुल बाट फर्किए पछि आफ्नी आमालाइ मृत अबस्था देखेपछि उनिहरुले छिमेकीलाइ खबर गरेका थिए । काँदुको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक भिमकिरण बोगटीले जानकारी दिए । लैङ्गिक हिसां विरुद्धको १६ दिने अभियान चलिरहँदा नेपालगन्ज उप महानगरपालिकामै दिनदहाडै महिलाको हत्या भएपछि अभियानको प्रभावकारितामाथि प्रश्न उठ्न थालेको छ ।

Facebook Comments

Related posts

Leave a Comment