नवलपरासीको वजार खुल्यो

१६ मंसिर, नवलपरासी ।
झण्डै चार महिनादेखि आन्दोलनरत मधेसी मोर्चाले  बन्द गराउदै आएको नवलपरासीको सदरमुकाम परासीसहित मुख्य मुख्य मुख्य बजार खुलेका छन् । मधेशी मार्चाको आन्दोलनका कारण बन्द रहेका नवलपरासीका उद्योग कलकाखाना, बैक तथा वित्तीय संस्था र पसलहरु खुलेका छन् ।
उद्योग बाणिज्य संघको पहलमा  आन्दोलनरत मधेशी मोर्चाले बुधबार बिहान १० बजेदेखि खोल्न दिनेभएपछि  लामो समय देखि बन्द रहेका उद्योग कलकाखाना बैक तथा वित्तीय संस्था र पसलहरु खुलेका हुन् । सदरमुकाम परासीसहित त्रिवेणी, गोपीगञ्ज, महेशपुरलगायतका बजार खोल्न दिइएको हो । विहान १० बजेदेखि साँझ ४ बजेसम्मलाई बजार खोल्न दिइएको संयुक्त मधेसी थरुहट मोर्चा नवलपरासीका संयोजक मुकुल गिरीले बताए ।
मोर्चाले बन्दलाई केही खुकुलो बनाएर बजार खोल्न दिएपछि स्थानीयले केही राहत महसुस गरेका छन् । तर, यातायत बन्द नै रहेकाले कष्ट भने कायमै छ । मोर्चाको आन्दोलनका कारण लामो समयदेखि जिल्लाको सदरमुकाम परासी सहित मुख्य बजारहरु बेलाटारी , जमुनिया , महेशपुर सहित अधिकांश दक्षिण क्षेत्रमा बजार उद्योग ब्यापार , बैक तथा वित्तीय संस्था र यातायात बन्द हुदै आएको थियो । मोर्चाले  नवलपरासीमा मौलाउदै गएको पेट्रोलियम पदार्थको कलोबजारी रोक्ने अभियान चलाएको जनाएको छ  । जारी संविधान प्रति असहमति जनाएको मोर्चाले संविधान जारी भएपछि बन्दलाई निरन्तर कामय राख्दै आएको थियो । ०००

Facebook Comments

सम्बन्धित

Leave a Comment