परराष्ट्रमन्त्री थापा र भारतीय विदेश मन्त्री स्वराजबीच भेटवार्ता

१६ मंसिर, नयाँ दिल्ली ।
भारतले मधेस आन्दोलनलाई सम्बोधन गरेर राजनीतिक समाधान भएमा अघोषित नाकाबन्दी र आपूर्तिमा भइरहेको अवरोध तत्काल हट्ने आश्वासन दिएको छ ।
भारत भ्रमणमा रहेका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कमल थापासँगको भेटवार्तामा भारतीय समकक्षी विदेशमन्त्री सुष्मा स्वराजले यस्तो आश्वासन दिएको बताइएको छ । भेटमा स्वराजले भारतबाट आपूर्तिमा कुनै पनि अवरोध नहुनेमा आश्वस्त पार्दै तर त्यसका लागि नेपालले जतिसक्दो चाँडो नाकामा जारी आन्दोलनलाई सामान्य बनाउनुपर्ने बिषयमा छलफल भएको थियो ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरुपका अनुसार भेटमा भारतीय विदेशमन्त्री स्वराजले नेपालमा भइरहेको राजनीतिक समस्यामा तत्काल समाधान आवश्यक रहेकोमा जोड दिएका थिए । उपप्रधानमन्त्री थापाले मधेस समस्यालाई राजनीतिक तहबाट सम्बोधन गर्न सकारात्मक पहल भइरहेको जानकारी दिदै आपूर्तिमा भइरहेको अवरोध हटाउनका लागि सहयोग गर्न आग्रह गरेको जानकारी दिएको छ ।  ब्यक्तिगत काममा भारत पुगेका थापाले स्वराज सहित अन्य नेताहरुलाई भेट्ने कार्यक्रम छ । ०००

Facebook Comments

Related posts

Leave a Comment