उत्कृष्ट खेलाडीका लागि तीन स्टारहरुवीच भीडन्त

 

एजेन्सी ।

फिफा बेलन डिओर २०१५ को अन्तिम तीनका लागि बार्सिलोनाका लियोनेल मेसी, नेयमार र रियल म्याडड्रिडका क्रिश्चियानो रोडनाल्डो छानिएका छन् । २३ खेलाडीको सूचीबाट फिफाले अन्तिम ३ जनाको सूची तयार पारेको हो । बेलन डिओरको वर्ष खेलाडी घाेषणा आगामी जनवरी ११ मा स्वीटजरल्याणडकाे ज्यूरिचमा  हुनेछ ।Messi, ronaldo,neymar

मेसीले २००९ देखि २०१२ सम्म लगातार चारपटक यो उपाधिमाथि कब्जा जमाइसकेका छन् । २०१३ र २०१४ को उपाधि रियलका रोनाल्डोले जिते । फेरि पनि रोनाल्डाले जिते मेसीसँग बराबरी गर्नेछन् । तर, ला लिगा, च्याम्पियन्स लिग, विश्वकप फुटबल र कोपा अमेरिकामा मेसीले उत्कृष्ट योगदान गरेका थिए ।

अर्का खेलाडी नेयमारले जिते मेसी र रोनाल्डोको एकाधिकार तोडिनेछ । २००५ देखियताको १० वर्षमा कुनै पनि इङिलस खेलाडीले उपाधि जित्न सकेका छैनन् । २००५ मा फ्रान्क लाम्पार्डले यो उपाधि जितेका थिए ।

महिला खेलाडीको सूचीमा भने अमेरिकन कार्लि लिल्योड, जापानी आया मियामा र जर्मनीकी सेलिया सासिक छनोट भएका छन् ।

Facebook Comments

Related posts

Leave a Comment