युवाहरुको जोश, सुविधासम्पन्न होटल

१४ मंसिर, दाङ ।
दाङका युबा व्यबसायीहरुले १४ करोड बढीको लगानीमा घोराहीमा सुविधा सम्पन्न स्विमिङ्ग पुल सहितको होटल सञ्चालनमा ल्याएका छन् । घोराही ११ रव्बेमा भिग्रेली भिलेज नाममा सञ्चालनमा आएको  होटलको सोमबार उद्घाटन भएको हो ।
होटल व्यबस्थापनले आफ्नो १४ कठ्ठामा फैलिएको भिलेजमा स्विमिङ्ग, पुल, बैठक हल, डिलक्स रुम, सेमिनार हल, हेल्थ क्लव, तथा रेष्टुरेन्ट बार सहितका सुविधा उपलव्ध रहेको जनाएको छ । सञ्चालक धु्रवराज श्रेष्ठले रिसोर्ट मुनाफा गर्नका लागि मात्रै नभएर राप्तीको पर्यटन विकास तथा प्रवद्र्धन गर्ने उद्देश्यका साथ स्थापना गरिएको बताए ।
दाङमा स्वीमिङ पुलसहितको सुविधा सम्पन्न र ठ्लो लगानीका होटेलको पंक्तिमा यो रिसोर्ट पनि थपिएको छ । रिसोर्टको उदघाटन गर्दै नेपाल उद्योग बाणिज्य महासंघका पुर्ब अध्यक्ष चण्डीराज ढकालले लगातारको नाकाबन्दी र तराई आन्दोलनका कारण मुलकको आर्थिक अवस्था संकटतर्फ धकेलिएको भए पनि युवा उद्यमीहरुको सहभागीता सकरात्मक भएको बताए ।

Facebook Comments

Related posts

Leave a Comment