आवश्यक इन्धन ल्याउन बन्दरगाह उपलब्ध हुन्छ ः राजदूत वंगलादेश

१४ मंसिर, काठमाडौ ।
नेपालको लागि बंगलादेशी राजदुत मास्फी बिन्ते साम्सले नेपालले बाहिरबाट आवश्यक ईन्धन र ग्यासँ ल्याउने भए आफूहरु ट्रान्जिटको रुपमा बन्दरगाह उपलब्ध गराउन तयार रहेको बताएकी छिन ।
सोमबार राजधानीमा आयोजित साक्षात्कारमा राजदूत साम्सले नेपालको संकट बारे आफुहरु जानकार रहेको तर ईन्धन र एलपी ग्यासँ आफुहरुले उत्पादन नगर्ने भएकोले ट्रान्जिटको रुपमा बन्दरगाह प्रयोग गर्न दिने बताइन् । उनले नेपाललाई मंगला र चटगाँउ बन्दरगाह प्रयोग गर्न भनिसकेको जानकारी दिदै नेपाल सरकारले हवाई ईन्धनको कारोवारको लागि आग्रह गरिसकेको र त्यसमा आफूहरु सकारात्मक रहेको स्पष्ट पारिन ।
नेपाली ढुवानी साधनहरु निर्वाध रुपमा बंगलादेश जान पाउने भए पनि बंगलादेशी ट्रकहरु नेपाल आउन नपाउने भन्दै तत्काल मोटर भेईकल एग्रिमेन्ट गर्नु पर्ने आवश्यकता औल्याईन । उनले बंगलादेश छिमेकीसँगको सम्बन्ध क्षेत्रीय रुपमै राम्रो बनाउन चाहना राखेको भन्दै सार्क मुलुकका राष्ट्रहरुवीचको सम्बन्ध सुमधुर बनाउनु पर्ने बताईन । ०००

Facebook Comments

Related posts

Leave a Comment