कालोवजारी विरुद्ध प्रहरी अपरेशन

एकै साता ३३४९२ लिटर पेट्रोल, २७८९३ डिजेल, १४१५ लिटर मट्टितेल तथा १२४ जना अभियुक्त पक्राउ
१४ मंसिर, काठमाडौ

भारतीय नाकावन्दीका कारण देशभर इन्धनको चरम अभाव भए पछि तस्करी गरी राजधानी ल्याउने कालोवजरी समूह नै सक्रिय बन्यो । खाना पकाउने ग्यास, पेट्रोल, डिजेल, मट्टितेल मात्र होइन, दैनिक उपभोग्य सामाग्रीहरुसमेत कृत्रिम अभाव देखाएर चरम संकटको अवस्था झल्काइयो ।
बढी मूल्य तिर्नुस् व्ल्याकमा सजिलै पाइन्छ भन्दै सरकार विहीनताको अवस्था सिर्जना गर्न खोजियो । यी कमजोर राज्यको निकायलाई जानकारी भए पनि कारवाही अघि बढाउन सकिरहेका थिएन । जब प्रधानमन्त्री केपीशर्मा ओलीले सम्वनिधत निकायसहित प्रहरी नेतृत्वलाई कालोवजारीविरुद्ध कडा कदम चाल्न भने । त्यसपछि भने कालोवजारी विरुद्ध विशेष अपरेशन सुरु भयो ।
दशै तिहार तथा छठको नजिक समयमा इन्धन ल्याउनेलाई कारवाही नगर्दा तस्करहरुको मनोवल बढ्दै गयो र वजारमा पेट्रोल प्रति लिटर पाँच सयका दरले किनवेच हुन थाल्यो । खाना पकाउने ग्यास प्रति सिलिण्डर ८ हजारका दरले विक्री भयो । चौतर्फी कालोवजारी हुदा पनि रोक्न नसकेको भन्दै सरकारको चौतर्फी आलोचना भए पछि अहिले सरकारी संयन्त्र जुर्मुराएका छन् । प्रहरीले कालो वजारी विरुद्ध विशेष अपरेशन नै शुरु गरेको छ । कालोवजारी गर्नेहरुले उपभोक्ता ठगी गर्न थाले पछि प्रहरीको सबै युनिट परिचालन भई एकै साथ हजारौ लिटर इन्धन वरामद गर्न थालेको छ ।
कालो वजारी नियन्त्रणको अभियानमा प्रहरीले पछिल्ला सात दिनमा एक सय २४ जनालई पक्राउ गरेको छ । कालोवजारी नियन्त्रणका लागि सुरुवाती काम भने महानगरीय अपराध महाशाखाले गरेको थियो । प्रहरी वरिष्ठ उपरिक्षक एसएसपी सर्वेन्द्र खनाल आफै पेट्रो पम्पहरुमा पुगेर ठगी र कालोवजारी नियन्त्रण अभियान अघि बढाएका थिए । एसएसपी खनालको सो अभियान पछि उपत्यकाकातिनै जिल्लाका प्रहरी समेत कालोवजारी नियन्त्रणमा सक्रियतापवूर्वक लागेका हुन् ।
इन्धन अभावको समयमा बढी मूल्य लिई कालोवजारी गर्नेहरु विरुद्ध कारवाहीका क्रममा प्रहरीले इन्धनसहित ृनीहरुलाई प्रहरीले पक्राउ गर्न थालको हो । पक्राउ परेका अभियुक्तहरुले दिएको वयान अनुससर नेपाल भारत सीमावाट विभिन्न माध्यम अपनाई भित्र्याइएका इन्धन काठमाडौ आउने रात्री वसमा ग्यालीनमा राखेर ल्याउने रकाठमाडौमा प्रतिलिटर पाँच सयका दरले विक्री गर्ने गरेको खुलेको हो ।
जन गुनासो व्यापक भए पनि प्रहरीले सुरुमा खासै ध्यान भने दिएको थिएन । तर मंसिर ४ गते देखि ११ गथतेसम्म देशभरका १ सय ९ ठाउमा गरेको कारवहीमा उपत्यकावाट ८६ र उपत्यका वाहिरवाट ३८ गरी कुल एक सय २४ जनालाई प्रहरीले पक्राउ गरेको छ । कारवहीका क्रममा प्रहरीले उपत्यकावाट ११ हजार ४ सय १३ लिटरसहित देशभरवाट जम्मा ३३ हजार ४ सय ९२ लिटर पेट्रोल, उपत्यकावाट २४ हजार २ सय ९० लिटरसहित देशभरवाट जम्मा २७ हाजर ८ सय ९३ लिटर डिजेल, उपत्यकाकावाट १ हजार ३ सय ७५ लिटरसहित देशभरवाट जम्मा १ हाजर ४ सय १५ लिटर मट्टितेल र उपत्यकावाट ५८ थान सहित देशभरवाट जम्मा ७९ थान सिलिन्डर  ग्याँससमेत बरामद गरेको प्रहरीले बताएको छ ।

Facebook Comments

Related posts

Leave a Comment