प्रधानमन्त्रीद्वारा नेपाली प्रेसको सराहना र विकृति निवारण गर्नुपर्ने

११ मंसिर, काठमाडौ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको लोकतान्त्रिक विकासमा सञ्चार माध्यामहरुको ठूलो भूमिका भएको बताएका छन् । प्रधानमन्त्री ओलीले लोकतन्त्र र प्रजातन्त्रको स्थापना र विकासमा नेपाली प्रेसले सकरात्मक भूमिका निभाएकोमा सराहना गर्दै थप विकासमा सहयोग गर्ने प्रतिवद्दता व्यक्त गरे ।
मिडिया अनुगमनकोलागि सरकारी सहयोग तथा प्रतिवद्दताको लागि आग्रह गर्न शुक्रवार नेपाल प्रेश काउन्सिलको टोली प्रधानमन्त्री निवास वालुवाटार पुगेको थियो । टोलीको ध्यानाकर्षण तथा सुझाव पत्र ग्रहण गर्दै प्रधानमन्त्री ओलीले मिडियाले धेरै राम्रा कार्यहरु गरेको बताएका थिए । तर प्रेस जगतभित्र रहेका केही विकृतिहरु पनि निराकरण गर्नुपर्ने प्रधानमन्त्री ओलीको् भनाई छ ।
नेपाल प्रेस काउन्सिलको टोलीसँगको भेटमा प्रधानमन्त्री ओलीले नेपाली मिडियालाई व्यवस्थित गर्न आवश्यक सवै सहयोग गर्न सरकार प्रतिवद्द रहेको बताएका थिए ।
प्रेस काउन्सिलको टोलीले मिडिया अनुगमनलाई प्रभावकारी बनाउने, मिडिया सम्वद्य नया नीति निर्माण तथा कार्यान्वयनको आवश्यक रहेको जस्ता विषयहरु प््राधानमन्त्री ओली समक्ष पेश गरेको थियो ।

Facebook Comments

Related posts

Leave a Comment