मुलुकको समस्या वार्ता र सहमतिबाट : पूर्वप्रधानमन्त्री कोइराला

११ मंसिर, काठमाडौ ।
नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री सुशील कोइरालाले मुलुकको वर्तमान समस्यालाई वार्ता र सहमतिमार्फत समाधान गरिनुपर्ने बताएका छन् ।
तराई–मधेसमा भइरहेको आन्दोलनको माग समाधानका लागि आफू नेतृत्वको सरकारले संविधान संशोधनको प्रक्रिया अघि बढाएको जानकारी गराउँदै उहाँले संशोधनको प्रक्रिया अघि बढे आन्दोलनको माग सम्बोधन हुने दावी गरेका थिए ।
संयुक्त राज्य अमेरिकाबाट स्वास्थ्य उपचार गराई हिजो राति स्वदेश फर्कनुभएका सभापति कोइरालाले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै मुलुकको राष्ट्रियता, अखण्डता र सार्वभौमसत्तामाथि कुनै पनि किसिमको खतरामा हुन नहुने भन्दै सभापति कोइरालाले आन्दोलनरत दललाई पनि आन्दोलन शान्तिपूर्ण बनाउन आग्रह गरे । सभापति कोइरालाले मधेसमा उठेका मागलाई पूर्णरुपमा बेवास्ता गरेर अघि बढ्न पनि नसकिने जीकिर गरे ।
सभापति कोइरालाले आफूलाई जिब्रो र फोक्सोमा क्यान्सर भएको र यसपालीले चिकित्सकले पूर्णतया निको भएको जानकारी दिदै क्लिन चिट पाएको भन्दै खुसी व्यक्त गरेका थिए ।
नेपाली कांग्रेसका सभापति समेत रहेका कोइराला गत कात्तिक २१ गते उपचारका लागि अमेरिका प्रस्थान गरेका थिए ।

Facebook Comments

Related posts

Leave a Comment