मानव सांलोमा विद्यार्थी सहभागि नगराउन आग्रह

११ मंसिर, काठमाडौं
विद्यार्थीको समेत प्रयोग गरि शिक्षण संस्थाहरुको छाता संगठन (अपीन) तथा संयुक्त विद्यार्थी संगठनले शुक्रबार राजधानको चक्रपथमा विशाल मानव सांलो प्रदर्शन गर्न लागेको प्रति महिला बालबालिका तथा समाजकल्याण आफ्नो गम्भीर ध्यानकर्षण भएको जनाएको छ ।

मन्त्रालय र केन्द्रीय बालकल्याण समितिले विद्यार्थीलाई मानव सांलोमा सहभागि नगराउन आग्रह गर्दै आज एक  संयुक्त विज्ञप्ती जारी गरेर भनेको छ, ‘ मंसिर ११ गते काठमाडौं उपत्यकाको चक्रपथमा कक्षा ८ भन्दा माथिल्लो तहमा अध्ययनरत विद्यार्थीहरु सम्मिलित मानव सांलो निर्माण गर्ने भनि प्रकाशित सामग्रीहरु प्रति महिला बालबालिका तथा समाज कल्याण्डा मन्त्रालय र केन्द्रीय बालकल्याण समितिको गम्भीर ध्यानाकर्षण भएको छ । ’
निर्वाध रुपमा विद्यालय जान पाउने र भयमुक्त वातावरणमा पढ्न पाउने बालबालिकाको नैरर्गिक अधिकार भएको र कुनैपनि समुह संस्था वा निकायको गतिविधिबाट सो अधिकारमा प्रतिकूल पर्न नहुने सरकारको स्पष्ट दृष्टिकोण रहेको भन्दै बालअधिकारसम्बन्धी महासन्धीको पक्षराष्ट्र भएको हैसियता बालअधिकारको संरक्षण गर्न आफूहरु प्रतिबद्ध रहेको विज्ञप्तीमा जनाइएको छ ।
तर, वर्तमान अवस्थालाई अन्त्राष्ट्रिय करण गर्ने भनेर आयोजना गर्ने भनिएको सो मानव सांलो प्रर्दशन गर्ने अभियानमा वयस्कहरुकै सहभागिता काफी हुने हुँदा बालबालिकाको आवयकता नहुने विज्ञप्तीमा जनाइएको छ ।
‘वयस्कहरुले सडकमा गर्दै आएको विरोध शैलीमा नै बालबालिकालाई सडकमा उतार्ने कार्यलाई सही मान्न सकिँदैन’, विज्ञप्तीमा भनिएको छ, ‘बालअधिकारका निम्ति वयस्कहरुको नै आवाज सशक्त हुनु जरुरी छ र बालअधिकारलाई बालअधिकारसम्मत नै कार्यान्वयन गरिनुपर्छ ।’
विज्ञप्तीमा बालबालिकालाई विरोधकार्यमा सडकमा उतार्ने कार्यबाट नकारात्मक सस्कृतिको विकास हुनेतर्फ सचेत समेत गराइएको छ ।

Facebook Comments

Related posts

Leave a Comment