अनियन्त्रित भई बस दुर्घट्ना, दुईको मृत्यु


११ मंसिर, सप्तरी ।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत भारदहमा प्रहरीले स्कर्टिङ गरि लगेको बस अनियन्त्रित भइ दुर्घटनाग्रस्त हुदा दुई जनाले ज्यान गुमाएका छन् ।
काँकडभिट्टाका लागि सिन्धुलीबाट छुटेको ना ५ ख १६६४ नम्बरको बस भारदह १ स्थित कंकाल्नीमन्दिर नजिकै दुर्घटनाग्रस्त हुदा दुई जनाको मृत्यु भएको छ भने २५ जना घाईते भएका छन । तीव्र गतिका कारण बस अनियन्त्रित भएको अनुमान गरिएको छ । मृत्यु हुनेमा धनुषा, तुलसीपुर ४ की नौ बर्षीया निर्जता बस्नेत र अर्का एक ठेगाना नखुलेका जीवन अधिकारी भएको इलाका प्रहरी कार्यलय कञ्चनपुरले जानकारी दिएको छ । घाईतेहरुलाई घरानस्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र बिराट नगर न्यूरो अस्पताल पठमइएको प्रहरी निरिक्षक मेघराज अधिकारीले बताउनुभयो । बस भारदहको कोशीब्यारेज छेउमा विहान ५ बजेतिर अनियन्त्रित भएर पल्टिएको प्रहरीले जनाएको छ । ०००

Facebook Comments

सम्बन्धित

Leave a Comment