इन्धन कालोवजारी गर्ने पचासभन्दा बढी प्रहरी नियन्त्रणमा

१० मंसिर, काठमाडौ ।
महानगरीय प्रहरी परिसर काठमाडौले अवैध रुपमा इन्धन वेचविखन गर्ने गिरोहलाई ठूलो परिणामको इन्धनसहित पक्राउ गरेको छ । ल्याइएको अभियोगमा प्रहरीले काठमाडौका विभिन्न स्थानवाट पचासभन्दा वढी मानिसहरुलाई नियन्त्रणमा लिएको हो ।
उपत्यकामा इन्धनको कालो वजारी भैरहेको भन्ने उपभोक्ताहरुको गुनासोलाई मध्यनजर गर्दै प्रहरीले इन्धन ओसारपसारमा कडाइ गरेको हो । वैयक्तिक प्रयोजनका लागि सरकारले निर्वाध रुपमा इन्धन आपूर्ती गर्न दिए पनि वजारमा इन्धन, ग्याँस लगायतका सामग्रीहरु उच्च मूल्यमा वेचिएको भन्दै विहीवार प्रहरीले वीस भन्दा वढी सवारी साधनलाई नियन्त्रणमा लिएको छ । यात्रुवाहक वस, जीप तथा अन्य सवारी साधनमा ल्याएको पच्चीस हजार लिटर भन्दा बढी इन्धन, ग्यासको सिलिन्डर र कालोवजारीमा संलग्न पचास व्यक्तिहरुलाई नियन्त्रणमा लिएको परिसर प्रमूख एसएसपी विक्रमसिंह थापाले जानकारी दिए ।
वैयक्तिक तथा संगठित रुपमा कालोवजारी भैरहेको स्विकार्दै परिसर प्रमूख थापाले त्यस विरुद्धको प्रहरी कारवाही सशक्त रुपमा अगाडि बढाएको जानकारी दिए । अकल्पनीय मूल्यमा केही गिरोहले इन्धन वेचविखन गरेर डरलाग्दो अपराध गरिरहेको भेटिएको प्रमूख थापाको भनाई छ ।
उपत्यका वाहिरवाट ल्याइएको इन्धनलाई प्रहरीले नागढुंगादेखि फलो अप गर्ने गर्छ । यात्रुवाहक वस, माइक्रो तथा जीपमा ल्याएको ठूलो परिणामको इन्धन व्यक्तिगत प्रयोजनका लागि नभएर कालोवजारीका लागि ल्याइएको प्रहरीको निष्कर्ष छ ।
यसरी अनुचित कार्य गर्ने जोसुकैलाई नछोडिने चेतावनी दिदै परिसर प्रमूख थापाले उपभोक्तालाई पनि सचेत रही प्रहरीलाई खवर गर्न अनुरोध गरेका छन् ।

Facebook Comments

Related posts

Leave a Comment