नाकाबन्दी अमानवीय र अन्तराष्ट्रिय मूल्य विपरीत ः चीन अध्ययन केन्द्र

१० मंसिर, काठमाडौ ।
चीन अध्ययन केन्द्रले भारतले गरेको नाकाबन्दी अमानवीय, मानवअधिकार र अन्तराष्ट्रिय कानुन र मर्यादाको ठाडो उल्लङ्घन भएको जनाएको छ । केन्द्रले विज्ञप्ति जारी गरी दुई देशबिचको सम्बन्धलाई नकारात्मक असर पार्ने भारतको नाकाबन्दी गलत भएको ठहर गरेको छ ।
नाकाबन्दी भूपरिवेष्टित देश नेपालको पारवहन अधिकार, संयुक्त राष्ट्र सङ्घ र सार्क बडापत्र, डब्लुटिओको नियम–सम्मत अन्तराष्ट्रिय व्यापार, अन्तराष्ट्रिय कानुनका मूल्यमान्यता विपरीत र दुई देशबिच अहिलेसम्मको प्रचलन प्रतिकूल रहेको केन्द्रको दावी छ । कठिन परिस्थितिमा नेपाली नागरिकले देखाएको धैर्य तथा असहज एवम् सङ्कटमय परिस्थितिको सामना गर्दै राष्ट्रको स्वाभिमान र देशभक्तिको भावनालाई उच्च राख्ने सरकारको दृढताको केन्द्रले सराहना पनि गरेको छ ।
नेपाललाई आत्मनिर्भर र स्वावलम्बी बनाउन आवश्यक पर्ने सम्झौता र पूर्वाधार तयार पार्ने गरी आवश्यक व्यवस्थापन गर्न केन्द्रले सरकारलाई झकझक्याएको पनि छ । केन्द्रले यस सङ्कटको परिस्थितिमा आवश्यक आपूर्तिको व्यवस्था गरी एक असल छिमेकीको हैसियतले मैत्री भाव देखाएकामा चीन तथा अन्य अन्तराष्ट्रिय समुदायप्रति आभार व्यक्त गरेको छ । ०००

Facebook Comments

Related posts

Leave a Comment