आन्दोलनरत मधेशी मोर्चाका कार्यकर्ताद्वारा ट्रकमा आगजनी

१० मंसिर, धनुषा ।
बन्दको अवज्ञा गरेको भन्दै आन्दोलनकारीहरुले पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्तर्गत धनुषाको ढल्केवरमा मालबाहक ट्रकमा आगजनी गरेका छन् ।
मातृका यादव नेतृत्वमा रहेको संयुक्त मधेसी राष्ट्रिय आन्दोलन समिति, संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र मधेस क्रान्ति संघर्ष समितिले संयुक्त रुपमा प्लाष्टिकको झोला लोड गरिएको मालबाहक ट्रकमा आगजनी गरेका हुन् । मिथिला नगरपालिकामा रहेको एभरेष्ट प्लाष्टिक उद्योगबाट झोला लोड गरेर निस्केको ना.५ख ९०२५ नम्बरको ट्रकलाई घेरा हालि आगजनी गरेका छन् । आगजनीबाट झोला सहित ट्रक पूर्ण रुपमा नष्ट भएको छ ।
आन्दोलनकारीहरुले राजमार्ग ठप्प पार्ने भन्दै पछि एक साता देखि ढल्केबरमा रातभरी प्रर्दशन गर्दै आएका छन् । आन्दोलनकारीहरुले राजमार्ग अवरुद्ध गरेर प्रर्दशन गर्दै आएपछि प्रहरीलाई यातायात स्कटिंग गर्न समेत समस्या भएको छ । प्रहरीको स्कटिंगको बाबाजुद पनि आन्दोलनकारीहरुले ट्रक, बस र मोटरसाईकलमा आगजनी तथा ढुंगामुडा गर्दै आएका छन् । यता, प्रहरीले आन्दोलनकारीहरुको अवरोध हटाउन खोज्दा झडप हुंदै आएको छ । ०००

Facebook Comments

Related posts

Leave a Comment