युभेन्टस, च्याम्पियन्स लिग फुटवलको समूह डीको शीर्ष स्थानमा

१० मंसिर, एजेन्सी ।
युभेन्टस र म्यान्चेस्टर सिटी च्याम्पियँस लिगको नकआउट चरणमा युरोपियन च्याम्पियन्स लिग फुटवल अन्तर्गत गएराति भएका खेलहरुमा युभेण्टस, रियल म्याड्रिड, एथलेटिको म्याड्रिड र पीएसजीले जीत हात पारेका छन् । images
गएराति सम्पन्न खेलमा समुह डी मा रहेको इटालीयन च्याम्पियन तथा गत बर्षको उपबिजेता युभेन्टसले इंग्लिस टोली म्यान्चेस्टर सिटीलाई हराउदै च्याम्पियन्स लिगको नकआउट चरणमा पुगेको छ युभेन्टसको जितमा मारियो माञ्जुकिजको गोल नै निर्णायक बन्यो । पराजयका बाबजुद म्यान्चेस्टर सिटीपनि अन्तिम १६ का लागि छनौट भएको छ । समुहमा १ खेल बाँकी रहदा दुवैले अर्को चरणमा स्थान सुरक्षित गरेका हुन । यस समुहबाट बोरुशिया एमग्ल्याडवाच र सेभिया बाहिरिएका छन । यता समुह ए मा रहेको रियल म्याड्रिडले युक्रेनको शख्तर डोनेक्सलाई चार तीन गोलले हरायो । यसअघिनै अर्को चरणमा छनौट भइसकेको रियलका लागि स्टार स्ट्राइकर क्रिष्टियानो रानाल्डोले दुई गोल गरे । स्वीडेनको माल्मोलाई पाँच शून्य गोलले हराउदै फ्रान्सको पीएसजीपनि समुह ए बाट नकआउट चरणमा प्रबेश गरेको छ । यस समुहबाट माल्मो र शख्तर डोनेक्स बाहिरिए । समुह सीबाट स्पेनको एथ्लेटिको म्याड्रिड र पोर्चुगलको वेनफिका नकआउट चरणमा पुगे । यस समुहबाट टर्कीको गालातासारे र काजाकिस्ताजको आस्ताना बाहिरिए । गएराति भएको समुहको पाचौं खेलमा एथ्लेटिकोले गालातासारेलाई दुई शून्यले हराएको हो । यता समुह बी बाट भने नकआउट चरणमा पुग्ने टोलीको टुंगो समुहको अन्तिम खेलबाट मात्र लाग्ने भएको छ । समुह बी मा जर्मन टोली वोल्सवर्ग ९ अंक सहित शीर्ष स्थानमा रहदा, इंग्लिस टोली म्यान्चेस्टर युनाईटेडको ८ र नेदरल्याण्ड्सको पीएसभीको सात अंक छ । ०००

Facebook Comments

Related posts

Leave a Comment