माडिखोलामा जलविद्युत : संभावना र चुनौति ।

९ मंसिर, रोल्पा ।
जलस्रोतमा विश्वमा धनी मानिएको नेपालमा त्यसैको प्रयोग गरेर धर्नाजनको वाटो तर्फ बल्ल अग्रसर हुँदैछ । आफ्नो भूमि भित्र रहेको अपार स्रोतलाई समयमा नै चिन्न नसक्दा  उर्जाकालागि अन्यत्रै धन खन्याउनु पर्ने बाध्यता विद्यमान छ । स्थानीयले आफ्नै लगानीमा आफै योजना अगाडि बढाउँछौ भन्दा पनि राज्यले हुन्छ भन्न नसक्दा उनीहरु थप मारमा छन् । यस्तै रोल्पामा पनि जिल्लामै भएका जलस्रोतबाटै उर्जा निकाल्ने सम्भावना भएपनि योजना अगाडि बढ्न नसक्दा जस्ताको त्यस्तै छ ।
रोल्पा जिल्लाको दक्षिण भागका सबै गाउँ लगभग सबैलाई छोएर बग्ने माडिखोलामा जलबिद्युत निकाल्न सक्ने रामै्र सम्भावना छ । भौगोलिक रुपमा केही स्थान उपयुक्त भएका कारण पनि विद्युत उत्पादन गरी त्यसै खेर गइरहेको जलस्रोतको समुचित प्रयोग गर्न सकिने देखिन्छ । माडीखोलाको सम्भावित केही स्थानमा विद्युत उत्पादन गरी जिल्लालाई पुरै उज्यालो बनाउने मात्र नभई अन्य जिल्लालाई पनि उत्पादित उर्जा बेच्न सकिने विभिन्न समयका अध्ययनले देखाएको छ  । अहिले माडिखोलामै स्थानीयको लगानीमा लघुजलविद्युत समेत सञ्चालित छन् । तर रोल्पाले छिमेकी जिल्ला प्यूठानमा उत्पादित विद्युत प्रयोग गर्नु पर्ने बाध्यता भने यथावत नै छ । पछिल्लो समयमा खुग्रीको महेन्द्रीमा कम्तिमा १२ मेगावाटको विद्युत उत्पादन गर्नकालागि प्रक्रिया अगाडि छलफल चलेपनि अझै पनि ठोस रुपमा अगाडि बढ्न सकेको छैन । बुटवल पावर कम्पनीले उत्पादनको काम गर्ने भन्दै प्राविधिक रुपमा सर्भे समेत गरेको जनाइएको छ ।छिमेकी जिल्ला प्युठानमा रहेको झिम्रुकमा पनि विद्युत उत्पादन गरिहेको यस कम्पनीले  रोल्पामा पनि उत्पादन गर्ने बताएपछि हर्षित भएका स्थानीय अहिले भने अन्यौलमा छन् ।
गतवर्ष नै जिल्लाका सर्वदलीय र सर्वपक्षीय सहमति अनुसार आन्दोलनको खाँका तयार पारी विद्युत उत्पादका लागि सरकार र सम्बन्धितको ध्यानाार्कषण समेत गराएका थिए । स्थानीयकै बढी भन्दा सेयरमा लगानी अगाडि बढाउने मागसहितको सबै एकमत भएपनि त्यसले सार्थक परिणाम भने दिन सकिरहेको छैन । साथै त्यस यता यस्ता कार्यक्रमहरु अगाडि आउन सकेका छैनन् । तर जिल्लाका दलभने योजना राज्य स्तरबाट अगाडि बढेको दाबी गर्छन् ।
यता रोल्पाको सामाजिक क्षेत्रमा क्रियाशील अगुवाहरुले पनि यस्ता आयोजना जिल्लाबासीको अधिकतम लगानी र राज्यको सहयोगमा शुरु गर्नु पर्ने बताउँछन् ।
देशले चरम उर्जा संकट भोगिरहेको बर्तमान समयमा स्थानीय स्तरमा रहेका यस्ता स्रोतको प्रयोगले स्थानीय लाभान्वित हुने छन्् । यो योजनाले मूर्त रुप पाउने सके जिल्लाकै एउटा ठूलो आयोजनाका रुपमा विकास हुने स्थानीय आशावादी छन् । यसले एकातिर जिल्लालाई उर्जामा आत्मनिर्भर बनाउने छ भने अर्कोतिर आन्तरिक आय पनि बढ्नेछ । ०००

Facebook Comments

सम्बन्धित

Leave a Comment