डकैटीका नाइके सरदार पक्राउ

९ मंसिर,  बारा ।
बाराको सिमरा आसपासमा भएका करिव एक दर्जन डकैतीमा संलग्न डाकाका नाइके सरदारलाई प्रहरीले प्रक्राउ गरी सार्वजनिक गरेको छ । हातहतियार तथा विष्फोटक पदार्थ पड्काई डकैती गर्ने सर्लाही जिल्ला नेत्रगञ्ज गाविस पुनर्वास टोल बस्ने वर्ष २७ का शक्ति कपुर भनिने शक्ति पासवानलाई बुधवार प्रहरीले सार्वजनिक गरेको हो ।
गढिमाई नगरपालिका वडा नं. १ सिमराका क्षेनाहरी मियाँ धोबी, सुनिल पाण्डे लगायतका घरमा डकैती गरेको अभियोगमा प्रहरीले करिव ६ महिना पछि उनलाई पक्राउ गर्न सफल भएको हो । इलाका प्रहरी कार्यालय, सिमराका प्रहरी निरीक्षक पुरुषोत्तम खड्काले निज डाका समूहका नाईकेलाई सर्लाही जिल्लाको जुटपानीको एक होटलबाट पक्राउ गरेको पत्रकार सम्मेलनमा जानकारी दिएका थिए । पत्रकार सम्मेलनमा पासवानले सिमावर्ती भारतको पूर्वी चम्पारण लगायतका जिल्लाहरुको करिव एक दर्जन स्थानमा डकैत गरेको प्रहरीको अनुसन्धानबाट खुल्न आएको निरिक्षक खड्काले बताए ।
पासवान करिव डेढ दशक देखि डकैतीमा संलग्न रहेको प्रहरीले जनाएको छ । ०००

Facebook Comments

Related posts

Leave a Comment