ग्लोवल आइएमई बैकको शाखा सुकेधारमा

९ मंसिर, काठमाडौ
ग्लोवल आइएमई बैकले राजधानीको सुकेधारामा नयाँ शाखा बिस्तार गरेको छ । बैकले सर्वसुलभ रुपमा स्थानीय ग्राहकहरुलाई बढी सुविधाको साथै छिटो छरितो रुपमा सेवा प्रदान गर्ने जनाएको छ । राजधानीको सुकेधारामा ग्लोवल आइएमई बैक बुधवार देखि बैकिङ कारोवार शुरु गरेको छ । ग्लोवल आइएमइ बैकको सुकेधारा शाखाको उदघाटन गदै बैकका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैकले आफना ग्राहकहरुलाई स्तरीय सेवा प्रदान गर्ने बताए ।
ग्लोवल आइएमई बैक सुकेधाराका शाखा प्रवन्धक निर्मल गौतमले बैकले स्थानीय ग्राहकहरुलाई छिटो छरितो तरिकाबाट बैकिङ सेवा प्रदान गर्ने जानकारी दिए ।
बैक शाखा उदघाटनको अवसरमा ग्लोवल आइएमई बैकका प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञवाली, बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल लगायतका बैकका बिभिन्न ब्यक्तिहरु उपस्थित थिए ।

Facebook Comments

सम्बन्धित

Leave a Comment