भारतीय सीमा सुरक्षा बलद्वारा गोली प्रहार, चार नेपाली घाइते

९ मंसिर, सुनसरी
भारतीय सीमा सुरक्षावल एसएसबीले बुधबार विहान  सुनसरीको भण्टावारी स्थित नेपाली भुमिमा प्रवेश गरे अन्धाधुन्ध गोली चलाउदा ४ नेपाली घाइते भएका छन् । एक दर्जनको समुहमा नेपाल प्रबेश गरेका भारतीय सीमा सुरक्षा बल एस एसवीले नेपाल भारतको सीमा क्षेत्रमा पर्ने भण्टावारी क्षेत्रमा प्रवेश गरी अन्धाधुन्ध गोली चलाउदा सुनसरी हरिपुर ७ अशोक यादव सहित ४ जना घाइते भएको नेपाल प्रहरीले जनाएको छ ।
भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले चलाएको गोलीबाट घाईते भएका भण्टाबारी ७ हरिपुरका ४ जना मध्ये ३ जनाको उपचार धरान स्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भईरहेको छ । घाइते हुनेहरुमा अशोक यादव सहित सोही स्थानका मनोज यादव, नरेश यादव र सरोज यादव रहेका छन् । घाइते मध्ये अशोकको अवस्था चिन्ताजनक रहेको सुनसरी प्रहरीले जनाएको छ ।
बुधबार बिहान घरको आँगनमा आगो ताप्दै गरेको अवस्थामा आएका ६ जनाको एसएसबीको टोलीले चलाएको गोलीबाट स्थानीय २८ वर्षीय अशोक यादव गम्भीर घाईते भएका छन् । उहाँको देब्रे कोखामा गोली लागेको छ । अस्पतालका चिकित्सकका अनुसार गोलीले उनको फोक्सो छेडिएको छ । त्यसै गरी १८ वर्षीय नरेश यादवको दाहिने पेटको भागमा गोली लागेको छ भने २५ वर्षीय सरोज यादवलाई छर्राले भेटेको छ । घाईते मध्ये ३५ वर्षीय मनोज यादवको उपचार ईनरुवा जिल्ला अस्पतालमा भईरहेको बुझिएको छ । बिहान करिब ६ बजे एसएसबीको टोलीले   क्रममा एक्कासि गोली चलाएको बताइएको छ ।
भारतीय सीमा देखि ३ सयदेखि चार मिटर भित्र रहेको भण्टाबारीमा प्रवेश गरी ६ जनाको टोलीमा आएको एसएसबीले ४ राउण्ड फायर समेत गरेको यादवले जानकारी दिए । ०००

Facebook Comments

Related posts

Leave a Comment