हाब्रेको छाला सहित पक्राउ

७ मंसिर, काठमाडौ ।
केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले दुर्लभ वन्यजन्तु हाब्रेको छालासहित सिन्धुपाल्चोकका आसमान लामालाई पक्राउ गरेको छ । प्रहरीले उनलाई जोरपाटी अत्तरखेलवाट सोमवार नियन्त्रणमा लिएको हो ।

हाब्रेको छाला बेचबिखन तथा ओसारपसार गर्न लागेको भन्ने विशेष सूचनाको आधारमा ब्यूरोले उनको पिछा गरेको थियो । जोरपाटी अत्तरखेलबाट लामालाई हाब्रेको एक थान छालासहित पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि जिल्ला वन कार्यालय काठमाण्डौं बुझाईएको जनाएको छ ।
हाब्रे चोरी शिकारी तथा वन्यजन्तुका अखेटोपहारहरुको गैरकानुनी ओसारपसारलाई निरुत्साहित गरी नियन्त्रण गर्न बनेको साइटिस महासन्धि, १९७५ तथा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को अनुसूची १ अनुसार दुर्लभ वन्यजन्तुको सूचीमा सूचीकृत छ ।
जसमा दोषीलाई ५ बर्ष देखि १५ बर्षसम्म कैद र रु. ५०,००० देखि रु. १,००,०००      सम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ ।

Facebook Comments

Related posts

Leave a Comment