मधेशकेन्द्रित दलहरुद्धारा संसद वैठक अवरुद्ध

६ मंसिर, काठमाडौ ।

तराई मधेसमा अन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सम्वद्ध दलहरुले आफ्ना मागहरुको सम्वोधन नभएको भन्दै आईतवारको संसद बैठक अवरुद्ध गरेका छन् । उनीहरुले आफ्नो मागको बारेमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग समेत राखेका छन् ।
संसद बैठकमा धारणा राख्न आग्रह गर्दा मोर्चा सम्वद्ध सांसदलाई सभामुख ओनसरी घर्तीले पालो कुर्न आग्रह गरे लगत्तै मोर्चाले संसद अवरुद्ध गरेको हो । आजको बैठकमा मोर्चा सम्वद्ध सांसदहरुले प्रधानमन्त्रीको जवाफ माग गरेका थिए ।
संसद अवरुद्ध हुनु अघि वैठकमा आफ्नो धारणा राख्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका कार्यवाहक सभापति तथा सांसद रामचन्द्र पौडेलले सरकारले आपूर्ति अवस्था सहज बनाउन कुनै काम नगरेको आरोप लगाए । सरकारले कालोवजारीलाई प्रोत्साहन गरेको भन्दै प्रतिपक्षीलाई चिढ्याउने काम गरेको पौडेलको आरोप थियो ।
सरकारले संसदमा पेश भएको संशोधन प्रस्तावलाई अगाडि बढाउन आनाकानी गरेको आरोप लगाउँदै पौडेलले सरकारको व्यवहारले स्थितिलाई थप असामान्य बनाउन मद्धत गरेको दावी गरे ।

Facebook Comments

सम्बन्धित

Leave a Comment