नाकावन्दीको असर नेपालमा रहेका शरणार्थीहरुमा पनि

५ मंसिर, काठमाडौ ।
विगत ५ हप्तादेखि संयुक्त राष्ट्रसंघको उच्च स्तरीय शरणार्थी आयोगको नेपालस्थित कार्यालय अगाडि धर्ना दिइरहेका विभिन्न देशका शरणार्थीहरुलाई शनिवार विहान प्रहरीले वल प्रयोग गरी हटाएको छ । नियमति पाउदै आएको भत्ता नपाएपछि धर्नामा बसेका शरणार्थीहरुले नाकावन्दीले आफुहरु पनि संकटमा परेको बताएका छन् ।
राष्ट्रसंघीय शरणर्थी उच्च आयोग ( युएनचसीआर ) ले उपलव्ध गराउँदै आइरहेको भत्ता विगत एक वर्षदेखि नपाएको भन्दै शरणार्थीहरु आयोगको कार्यालय अगाडि धर्नामा वसेका हुन । आफुले आयोगवाट पाउनुपर्ने भत्ता नपाएपछि आयोगको कार्यालय अगाडि वसेर धर्ना दिनुको विकल्प नभएको शरणार्थीहरुले वताएका छन । एक पाकिस्तानी शरणार्थी रफल फतेमाले आफुहरुसंग खानलाई केही नभएको, वस्नलाई घर पनि नभएको अवस्थामा प्रहरीले आफ्नै घर जाउ भन्ने गरेको भन्दै दुखेसो पोखिन ।

त्यस्तै श्रीलंकाली शरणार्थी जानका आयुकनले आफुहरुलाई नेपालमा काम गर्न अनुमति नभएको, आगो वाल्ने दाउरा किन्न खोज्दा पनि परिचय पत्र माग्ने गरेकोले झन समस्या भएको बताए ।

शरणार्थीहरुले मुख्यरुपमा तत्कालका लागि आफुले पाउदै आइरहेको भत्ता पाउनुपर्ने माग राख्दै धर्नामा वसेको वताएका छन । तर पनि उनीहरु आफुहरुलाई नेपालमै वसोवासको व्यवस्था मिलाउनुपर्ने वा आफ्नो देशमा फिर्ता पठाउनुपर्ने यस्तो पनि गर्न नसकिए अन्य मुलुकमा स्थानान्तरणको व्यवस्था गर्न युएनचसीआरलाई आग्रह गरेको छन । ०००

Facebook Comments

Related posts

Leave a Comment