वेश्यावृतिको थलो बन्दै इटहरी

५ मंसिर, सुनसरी
पूर्वको प्रमुख शहरको रुपमा विकसित हुँदै गएको इटहरीमा अवैध वेश्यावृति फस्टाउदै गएको छ । इटहरीमा संगठितरुपमा नै धेरै व्यक्तिहरु यस्तो पेशामा संलग्न भएको प्रमाण पनि प्रहरीले फेला पारेको छ ।
विभिन्न अपराधिक घटना र वेश्यावृतिमामा संलग्न रहेका व्यक्तिहरुलाई इलाका प्रहरी कार्यलय इटहरी पक्राउ गरेपछि यस्को थप पुष्टि भएको हो । इटहरीका विभिन्न स्थानमा कोठा भाडा लिएर फोन सम्पर्कको आधारमा वेश्यावृत्ति  कार्यमा संलग्न रहेका ३ जना भारतीय नागरिक सहित अन्य ५ जना युवतीलाई प्रहरीले पक्राउ गरेको छ । फोन सम्पर्क मार्फत वेश्यावृत्ति व्यवसाय सञ्चालन गर्दै आएका उनिहरुलाई इटहरीको कुमारी गेष्ट हाउसबाट पक्राउ गरिएको हो । इटहरीमा केही कमी आएको वेश्यावृत्तिका घटनाहरु पुनः  सञ्चालन हुन थालेको थाहा पाएपछि प्रहरीको विशेष टोली परिचालन गरिएको डिएसपी ओम अधिकारीले जानकारी दिए ।

यस्तै इलाका प्रहरी कार्यालय इटहरीले जवरजस्ती करणी गरी फरार भएका इटहरी २४ का प्रविण राई पनि पक्राउ गरेको छ । गत कात्तिक २७ गते  राति देउसी खेल्न घरबाट निस्कीएकी १३ बर्षीया बालिकालाई  डरत्रास देखाएर जवरजस्ती करणी गरि फरार भएका इटहरी २४का राईलाई  इटहरीबाट पक्राउ गरिएको हो । पक्राउ परेका राईलाई जवरजस्ती करणी  अन्र्तगत मुद्धा दायर गरिएको इलाका प्रहरी कार्यालयले जानकारी दिएको छ । ०००

Facebook Comments

Related posts

Leave a Comment