औषधि बोकेको ट्रकमा पेट्रोल बम प्रहार

४ मंसिर, काठमाडौ ।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले पर्साको वीरगञ्जमा औषधी बोकेको ट्रकमा तीन वटा पेट्रोल बम प्रहार गरेका छन् । मोर्चाले औषधि आयातमा सहज बनाउने निर्णय गरे लगत्तै मोर्चा कार्यकर्ताले बीरगञ्जमा औषधि बोकेको ट्रकमा बम प्रहार गरेका हुन् ।
वीरगञ्ज उपमहानगरपालिका–१४ सिरपुरमा आन्दोलनकारीले गएराति औषधी लोड गरिएको ना २ ख ८२९२ नम्बरको ट्रकमा पेट्रोल बम प्रहार गरेका औषधी व्यावसायी अनुज यादवले बताए । ट्रकमा स्लाइन पानी मार्फत दिइने अत्यावश्यक एन्टिवायोटिक रहेको उनले जानकारी दिए ।
बम प्रहारबाट ट्रकमा रहेको २० लाख मूल्य बराबरको औषधी नष्ट भएको उहाँको भनाई छ । मोर्चाको हिजोको बैठकले औषधीजन्य सामग्री भित्रन सहयोग गर्ने निर्णय गरेको थियो ।
यसैबीच,  संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले विराटनगरमा बिरामी बच्चालाई एम्बुलेन्समै राखेर तोडफोड गरेका छन् । एम्वुलेन्स चालक दिलिप मण्डलका अनुसार रंगेलीवाट विराटनगरस्थित डा प्रकाश रानाको क्लिनिकमा वच्चालाई उपचारका लागि एम्वुलेन्समा ल्याइएको थियो ।
कटहरीस्थित नहरमा आएपछि वन्र्दाकर्ता किन वन्दमा  एम्वुलेन्स चलाएको भनि अन्धाधुन्द ढुंगा तथा इटा प्रहार गरेका थिए । उनीहरुले एम्वुलेन्सको चावी खोसी एम्वुलेन्स तोडफोडमा उत्रिएको वताइएको छ । एम्बुलेन्सको सिसा फुट्दा बच्चाकी आमालाई सामान्य चोटपटक लागेको छ ।
उनीहरुलाई कोशी अञ्चल अस्पताल लगिएको छ । संयुक्त लोकतान्त्रि मधेसी मोर्चाले बिहीबार मात्रै औषधि ओसारपसारमा रोक नलगाउने निर्णय गरेको थियो । ०००

Facebook Comments

Related posts

Leave a Comment