चांदीको अवैध कारोबार गर्ने पक्राउ

४ मंसिर, काठमाडौ ।
चाँदीको अवैध कारोवार गरेको अभियोगमा अपराध महाशाखा काठमाडौले दुई जनालाई नियन्त्रणमा लिएको छ । महाशाखाले विहीवार अपरान्ह महावौद्धवाट एक नेपालीसहित अर्का भारतीय नागरिकलाई ठूलो मात्रामा चाँदी सहित पक्राउ गरेको हो ।
माहाबौद्ध स्थित श्रीनाथ सुनचांदी खार्ने पसलका संचालक आमोल रङगनाथ सालुङखेलाई प्रहरीले नियन्त्रणमा लिएको महाशाखाले जनाएको छ । भारत साङले जिल्लाका सालुङखले अवैध रुपमा चांदी ल्याई कारोवार गरेको प्रहरीले बताएको छ । प्रहरीले उनको पसलवाट ४१ के.जि. ८०१ ग्राम फेला पारी बरामद गरेको छ ।
त्यसैगरी, चाँदी खरिद गर्न आएका सिराहा लाहान न.पा. १ का ३२ वर्षीय बिमल कुमार बराईलीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । उनको साथबाट प्रहरीले २५ के.जि. चाँदी बरामद गरेको थियो । दुवै जनाको सम्वन्धमा आवश्यक अनुसन्धान भैरहेको अपराध महाशाले जनाएको छ ।

Facebook Comments

Related posts

Leave a Comment