निगमले इन्धन नदिदा आन्तरिक उडान प्रभावित

४ मंसिर, काठमाडौ ।
नेपाल आयल निगमले इन्धन उपलब्ध गराउन नसक्ने भएपछि आज आन्तरिक उडान प्रभावित भएको छ । वायु सेवा निगमले इन्धन आयात गर्न नसकेपछि आन्तरिक उडान प्रभावित भएको हो ।
भारतको नाकाबन्दीपछि आयल निगमको आग्रहमा वायु सेवा निगमले भारतबाट हवाई उडानमार्फत तेल ल्याउने गरेको थियो । तर हिजो वायु सेवा निगमले इन्धन आयात गर्न नसकेपछि आन्तरिक उडान प्रभावित भएको हो ।
आन्तरिक उडानका लागि दैनिक एक लाख पचास हजार लिटर इन्धन आवश्यक पर्दछ । वायु सेवा निगमका प्रवक्ता रामहरि शर्माले निगमको इन्धन बोक्ने जहाज ७५७ ले काठमाडौँ–बैंङ्कक उडान गर्नुपर्ने भएकाले हिजो हवाई इन्धन आयात नसकिएको बताउनुभयो । ०००

Facebook Comments

Related posts

Leave a Comment