चीनको सार्वजनिक विदाले नेपाली टोलीको चीनयात्रा स¥यो, भोलि चीन जाने

४ मंसिर, काठमाडौ ।
इन्धन आयातको व्यापारिक सम्झौता गर्न सरकारी टोली भोलि मात्रै चीन जाने भएको छ । नेपाल आयल निगमका अनुसार भोलि शनिबार र पर्सि आइतबार चीनमा बिदा हुने भएकाले आजको सट्टा भोलि जाने तयारी भएको हो । यसअघि आज चीन जाने तयारी भएको थियो ।
व्यापारिक सम्झौताबारे चीनसँग सोमबार मात्रै छलफल हुने भएकाले आज जाने कार्यक्रम रोकिएको निगमले जनाएको छ । भोलि चीन जाने वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव शम्भु घिमिरे नेतृत्वको टोलीले व्यापारिक सम्झौता गरे लगत्तै तेलको आयात थाल्ने सरकारले जनाएको छ । टोलीमा नेपाल आयल निगमसहित परराष्ट्र, कानुन, अर्थ मन्त्रालयका प्रतिनिधि पनि सहभागी हुने छन् ।
भारतको अघोषित नाकाबन्दीपछि विकल्पमा सरकारले चीनबाट इन्धन ल्याउन लागेको हो । पेट्रो चाइनासँग इन्धन खरिदका विषयमा प्रारम्भिक सम्झौता भने भइसकेको छ । चीनबाट मुख्यगरी तातोपानी र केरुङ नाकाबाट इन्धन आयात गरिनेछ । गत वैशाख १२ गते गएको भूकम्पका कारण तातोपानी नाका पूर्णरुपमा सञ्चालनमा आउन सकेको छैन । यो नाका सञ्चालन गर्ने बारे पनि तयारी भैरहेको छ । ०००

Facebook Comments

Related posts

Leave a Comment