किन गरे एमाओवादी वरिष्ठ नेता बाबुराम भट्टराईले पार्टी परित्याग ?

एमाओवादी वरिष्ठ नेता डा. बाबुराम भट्टराईले पार्टी परत्याग गरेको घोषणा गरेका छन् । पत्रकार सम्मेलन गरेर भट्टराईले सो घोषणा गरेका हुन् ।

baburam_1भट्टराईले सीमाका जनतालाई हाम्रो पक्षमा राख्न सकिएन भने दक्षिणले खेल्नसक्छ भनेको स्मरण गर्दै अहिले त्यही भएको बताए ।

भारतले नाकाबन्दी लगाए साइकल चढ्ने बताएका पार्टी अध्यक्ष प्रचण्डतर्फ संकेत गर्दै भने, ‘टुकी र साइकल चढने राष्ट्रवादको काम छैन । प्रगतिशील राष्ट्रवाद चाहिन्छ ।’

भट्टराईले संविधान जारी हुँदा सवैले दीपावली नगर्ने अवस्था आउनु दाँतमा ढुंगा लागेजस्तो भएको बताएका थिए । उनले संविधान आउँदा खुसी लाग्दा पनि खुसी हुन नसकेको पनि बताए ।

संविधान प्रगतिशील भए पनि थारु र मधेशीको सवालमा ठूलो गल्ती भएकोले कार्यान्वयन गर्ने चुनौती रहेको बताए । उनले यही बहानामा दक्षिणले प्रत्यक्ष, अप्रत्यक्ष ठूलो दबाब दिएको बताउँदै भने, ‘अघोषित नाकाबन्दी गर्‍यो । यो स्वीकार्य छैन । म भत्सर्ना गर्छु । छिमेकीले सुझाव मात्र दिने हो । निर्णय हामीले गर्ने हो ।’

थारु बहुल प्रदेश बनाउने र बाँकी समस्या आयोगलाई दिने हो भने आजको समस्या समाधान हुने बताएका छन् ।

उनले संघीयताको खोल ओढेर दक्षिणले खेल्ने र भारतका नाममा पाखण्डी राष्ट्रवाद देखाएर जनताको माग खोस्ने दुवैको आलोचना गरेका छन् ।

Esamata

Facebook Comments

सम्बन्धित

Leave a Comment