कफी उत्पादनका लागि प्रख्यात बन्दै छ पर्वत

३ मंसिर, पर्वत ।
कफी उत्पादनका लागि प्रख्यात बन्दै गएको  पर्वत जिल्लामा यस बर्ष २० मेट्रिक टन कफी उत्पादन हुने भएको छ । गत बर्ष १७ मेट्रिक टन कफी उत्पादन भएकोमा यस बर्ष बढेर २० टन पुग्ने अनुमान गरिएको हो ।
जिल्ला कफी व्यवसायी संघ पर्वतले  दिएको जानकारी अनुसार यस बर्ष पर्वतबाट २० टन पार्चमेन्ट उत्पादन हुने अनुमान गरिएको छ । यसबाट पर्वतमा १ करोड ३० लाख रुपैया भित्र्ने अनुमान गरिएको छ । पर्वतमा उत्पादित कफी दक्षिण  कोरिया, जापान, युरोप तथा अष्टे«लिया लगायतका देशमा निर्यात हुँदै आएको संघका अध्यक्ष भवानीप्रसाद शर्माले जानकारी दिए ।

गत बर्ष १७ मेट्रिक टन कफी निर्यात गरी ८२ लाख रुपैयाँ पर्वत भित्र्याइएको थियो । यस बर्ष रोपिएका बिरुवाले उत्पादन दिन थालेपछि कफी उत्पादन बढेको अध्यक्ष शर्माले बताए । पर्वतमा उत्पादित कफी गुणस्तरीय हुने भएकाले बजारको भने समस्या छैन ।अहिले ताजा कफीको मूल्य ७५ रुपैंया तोकिएको छ। पर्वतमा विगत २ दशकदेखि व्यावसायिक रुपमा कफी खेती हुँदै आएको भएपनि पछिल्लो समयमा कफी खेती गर्ने कृषकहरुको संख्या बढेकाले उत्पादन समेत हरेक वर्ष बढ्दै गएका छन ।

पर्वतका झण्डै ६० प्रतिशत भूभागमा कफी खेती लगाउन सकिने जिल्ला कृषि बिकास कार्यालयले जनाएको छ । पर्वतमा पाखो जमिनलाई उपयोग गरेर कफी खेती बिस्तार गर्न सकिने स.भावना रहेको कार्यालयका बागबानी बिकास अधिकृत अजय अधिकारीले बताए ।

पर्वत जिल्ला लगायत धौलागिरी अञ्चलका बागलुङ र म्याग्दी जिल्लाका अधिकांश भू–भागमा पनि कफी खेतीको लागि उपयुक्त मानिन्छ । यहाँका खेर गईरहेको छहारियुक्त जमिनमा पनि कफी खेती गर्न सकिने भएकोले यस क्षेत्रका किसानहरु अहिले व्यवसायिक रुपमा नै यो खेतीमा लागेका छन् ।

 

Facebook Comments

Related posts

Leave a Comment