कैलाली कञ्चनपुरलाई पहाडबाट टुक्रयाए आँधिवेहरी : लेखक

३ मंसिर, काठमाडौ ।
नेपाली कांग्रेसका नेता रमेश लेखकले मधेश आन्दोलन, सीमामा नाकावन्दीका नाममा कैलाली कञ्चनपुरलाई पहाडवाट टुक्रयाउने कोशिस गरिए नेपालमा अहिलेसम्म नभएको आम्दोलन हुने चेतावनी दिएका छन् ।
विहीवार राजधानीमा आयोजित अन्तक्रियामा नेता लेखकले विगतमा मधेशमा एउटा मात्रै प्रदेश नभई मधेशमा  प्रदेश हुन्छ भन्ने सहमति भएको दावी गरे ।
अन्र्तक्रियामा नेकपा एमालेका नेता केशव वरालले देशमा नाकावन्दी गरेर कुनै पनि क्षेत्रका नेपालीले विजय हासिल नगर्ने धारणा राख्दै देशभित्रको आान्तरिक समस्याको समाधान  वार्तावाट खोज्नुपर्नेमा जोड दिए ।
त्यस्तै एकीकृत नेकपा माओवादीका नेता जर्नादन शर्माले जनताको आवश्यकता अनुसार संविधान संशोधन हुनुपर्ने बताउदै विद्यामान समस्याको निकासका लागि राजनीतिक सहमतिका आधारमा संविधान संशोधन गर्नुपर्ने बताएका थिए ।

Facebook Comments

Related posts

Leave a Comment