स्थापनाको दशवर्षसम्म पनि अधिकार सम्पन्न नहुनु दुखद : आइजिपी अर्याल

२ कमंसि, काठमाडौ ।
हरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले महानगरीय प्रहरी कार्यालय रानीपोखरीलाई  अधिकार सम्पन्न बनाउन ज्यादै ढिलाइ भएको बताएका छन् । महानगरीय प्रहरी कार्यालयले दिवसका अवसरमा आज काठमाडौंमा गरेको कार्यक्रममा प्रहरी महानिरीक्षक अर्यालले स्थापना भएको १० वर्षसम्म पनि अधिकार सम्पन्न बनाउन नसकिएको भन्दै चिन्ता व्यक्त गरे ।
‘स्थापना भएको १० वर्षमा महानगरीय प्रहरीले प्रभावकारी ढंगले काम गर्दै आएको छ तर उसलाई दिने अधिकार अहिलेसम्म दिन सकिएको छैन’ उनले भने ।  शान्ति सुरक्षामा लगानी राज्यको पहिलो प्राथमिकता हुनुपर्ने अर्यालले बताए । प्रहरीलाई समय सापेक्षअनुसार आधुनिकिकरण गर्न खाँचो रहेको उनको भनाई छ ।
त्यसका लागि केही प्रहरी ऐन नियम परिमार्जन गर्नुपर्ने उनले बताए । महानगरीय प्रहरी कार्यालयका प्रमुख एआइजीपी विज्ञानराज शर्माले उपत्यका प्रहरीलाई अझ व्यावसायिक बनाउने प्रण गरे । दिवसका अवसरमा उत्कृष्ट काम गर्ने प्रहरीहरुलाई सम्मानसहित नगद प्रदान गरिएको थियो ।
उत्कृष्ट कार्यसम्पादनतर्फ काठमाडौं प्रहरीका डिएसपी रेवती ढकाल सम्मानित भए । प्रहरी निरीक्षक टिकराम रेग्मी, ट्राफिकतर्फ सइ एकराज धमला, अपराध अनुसन्धानतर्फ प्रहरी हवल्दार धर्मराज खड्का, प्रशिक्षकतर्फ प्रहरी जवान कुमार कार्की सम्मानित भए । उत्कृष्ट वृतमा गौशाला वृत चयन भयो ।
Facebook Comments

Related posts

Leave a Comment