एन्फा अध्यक्षलाई फिफाको दश वर्षे कारवाही

३० कात्तिक, काठमाडौं ।

फिफाले अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष गणेश थापालाई १० वर्षसम्म फुटबलसम्वन्धी कुनै पनि गतिविधिमा संलग्न हुन प्रतिबन्ध गरेको छ ।

एन्फा अध्यक्ष थापा
एन्फा अध्यक्ष थापा

थापाले भ्रष्टाचार गरेको तथा घुस लिएकोसहित विभिन्न धाराहरु उल्लंघन गरेको फिफाको अनुशासन समितिको ठहर छ । उसले थापालाई २१ लाख जरिवाना समेत तोकेको छ ।

दुई दशकदेखि एन्फा अध्यक्ष रहेका थापा सांसद समेत हुन् । राप्रपा नेपालको कोटाबाट सांसद भएका उनी उपपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापाका भाइ समेत हुन् ।

थापाले सन् २००९ र २०११ को फिफा चुनावमा गलत काम गरेको, विभिन्न समयमा व्यक्तिगत र पारिवाररिक लाभका लागि रकम लिएको, भ्रष्टाचार गरेको जस्ता अभियोग फिफाले लगाएको छ ।

थापा यसअघि पनि फिफाको निलम्बनमा परेका थिए । नेपालमा संसदको लेखा समितिले थापाको अध्यक्ष पद निलम्बन गरेपछि उनलाई फिफाले १२० दिन निलम्बन गरेको थियो ।

थापा त्यही बेला राप्रपा नेपालको सिफारिसमा मन्त्रिपरिषद्बाट सांसदमा मनोनित भए ।

उनी गत असारमा फेरि एन्फा अध्यक्षमा फर्किए । तर, सोमबार फिफाको अनुशासन समितिले उनीमाथि १० वर्षे प्रतिबन्ध लगाएको छ ।

Facebook Comments

Related posts

Leave a Comment