तत्काल औषधि आपूर्ति नभए सेवा बन्द हुने अस्पताल व्यवसायीहरुको चेतावनी

३० कार्तिक, काठमाडौ ।
भारतले लगाएको नाकाबन्दीको कारण देखाइ देशभर औषधिको अभाव चुलिएकोप्रति स्वास्थ्य क्षेत्रका सरोकारवालाहरुले सरकारको ध्यानकर्षण गराएका छन् । तत्काल औषधी आपूर्तिको व्यवस्था नभए अस्पतालका सेवाहरु बन्द गर्न बाध्य हुने उनीहरुको चेतावनी छ ।
राजधानीका ठूला अस्पतालका निर्देशकहरुको टोलीले तत्काल औषधि आपूर्ति नभए अस्पतालको सेवा बन्द गर्नुपर्ने स्थिति आउने भन्दै स्वास्थ्य मन्त्रालयलाई  आवश्यक व्यवस्था मिलाउँन अनुरोध गरेका हुन् । अस्पाताल जस्तो संबेदनशील क्षेत्रलाई राजनीतिक कारणले ययसरी प्रभावित पारिनु मानव जीवनसंग खेलवाड गरिनु हो ।
लामो समयदेखि औषधि अभाव भयो भनेर अस्पतालहरुमा हाहाकार मचिरहँदा पनि सरकार अहिलेसम्म मौन बस्नु सरकारको गैरजिम्मेवारीपन भएको सरोकारवालाहरुको गुनासो छ ।
औषधी जस्तो संवेदनशील पदार्थको अभाव हुँदा कयौंले अकालमा ज्यान गुमाउँनुपरेको र यसबाट स्वास्थ्य क्षेत्र नै गम्भीर संकटमा परिरहेको चिकित्सक भगवान कोइरालाले आक्रोश पोखे ।
औषधी र आवश्यक सामाग्रीहरुको अभावमा आफूहरुले गुणस्तरीय सेवा दिन समेत कठिनाइ भैरहेको चिकित्सकहरुको भनाई छ ।
मानव जीवनसंग जोडिएको स्वास्थ्य क्षेत्र औषधी अभावमा यसरी प्रभावित हुनु बिडम्बना हो । अझ त्यो भन्दा बढी यस्तो विषम परिस्थितिप्रति सरकार मौन बसिरहनु उसको लाचारी भएको चिकित्सकहरुको दाबी छ ।

Facebook Comments

Related posts

Leave a Comment