संकटमोचनमा आन्दोलनकारी पनि संयमित हुनु पर्छ : सञ्चारमन्त्री

३० कार्तिक, काठमाडौ ।
मुलुकको राजनीतिक जटिलता बढ्दै ज्यादा सवै दलहरु जिम्मेवार भएर लचकता प्रदर्शन गर्नुपर्नेमा विभिन्न दलका नेताहरुले जोड दिएका छन् ।
सोमवार राजधानीमा आयोजित अन्र्तक्रिया कार्यक्रममा धारणा राख्दै सूचना तथा प्रविधि मन्त्री शेरधन राईले सरकारले संकटको अवस्थामा जनतालाई राहत दिन सवै उपायहरु अवलम्वन गर्न लागेको वताए । मन्त्री राईले आन्दोलनकारीहरु पनि संयमित हुन पर्ने बताए ।
नेपाली कांग्रेसमा नेता डा. रामशरण महतले सत्ता वाहिर रहेपनि कांग्रेसले आन्दोलनकारीहरुसंगको वार्तालाई परिणाममूखी बनाउन महत्वपूर्ण भूमिका खेल्ने वताए ।
पूर्व अर्थमन्त्री समेत रहेका महतले आन्दोलन र सीमा नाका अवरुद्ध हुँदा अर्थतन्त्र चौपट अवस्थामा पूगेको भन्दै सरकारलाई जिम्मेवार हुनु पर्ने धारणा राखे ।
एकीकृत माओवादीका प्रवक्ता दीनानाथ शर्माले मुलुकको जारी राजनीतिक संकट चाँडै अन्त्य नभए यसले सवै दलहरुप्रति जनविश्वास गुम्ने खतरा रहेको आंैल्याए । जटिलता अन्त्यकोलागि आफ्नो पार्टीले सक्रियता देखाएको प्रवक्ता शर्माको जीकिर थियो ।
कार्यक्रममा वक्ताहरुले भारतीय नाकावन्दीका कारण मुलुकले चरम मानवीय संकटको सामना गर्न परिरहेको कारण यसको सामनाकोलागि प्रमुख राजनीतिक शक्तिहरु मिल्नुको विकल्प नभएको बताएका थिए । ०००

Facebook Comments

Related posts

Leave a Comment