पपुवा न्यूगिनीलाई २३३ रनको लक्ष्य
३१ कात्तिक, काठमाडौं ।
विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपालले पपुवा न्यूगिनीसामू २३३ रनको लक्ष्य प्रस्तुत गरेको छ । पपुवा न्यूगिनीले केहीबेरमा जवाफी ब्याटिङ सुरु गरेको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २३२ रन बनायो ।
नेपालले पहिलो विकेट खाता नै नखोली गुमाएको थियो । ओपनर अनिल मण्डल पहिलो बलमै एलबीडब्लू धरापमा परे । तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका सागर पुन पनि १० रनमै आउट भए ।
Facebook Comments