च्यापिएर ट्याक्टर चालकको मृत्यु

 

३० कार्तिक, पर्सा ।

पर्साको बिरुवागुठीमा ट्याक्टरमा च्याापिएर आज ट्याक्टर चालकको मृत्यु भएको छ । विरुवा गुठीबाट धानलोड गरी जितपुर तर्फ जादै गरेको ट्याक्टर आमदेवी खोलाको पुलबाट तल खसेको थियो ।

सोही ट्याक्टरमा च्यापिएर पर्साको बहुअरी पिडारी ३ का २७ वर्षिय छोटेलाल यादवको मृत्यु भएको हो । बिहान साढे ५ बजे ना ४ त १००४ नम्बरको ट्याक्टर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

Facebook Comments

Related posts

Leave a Comment