ठूलीमाया झुण्डिएको अवस्थामा भेटिइन्

३० कार्तिक, काठमाडौ ।
६७ वर्षीय ठूलीमाया तामाङ्ग आफनै घर नजिक रहेको वाख्रा वाँध्ने टहरामा झुण्डिएको अवस्थामा मृत भेटिएकी छिन् । तारकेश्वर नगरपालिका १३ पदमसाल घर भएकी ठूलीमाया कार्तिक २९ गते मृत फेला परेकी हुन् ।
विहान ११ वजे बाख्रा बाध्ने टहरामा नाइनलनको डोरीको पासो लगाई झुण्डीएको अबस्थामा उनलाई स्थानीयवासीले देखेका थिए ।
महानगरीय प्रहरी बृत्त बालाजुबाट प्रहरी टोली खटी गई लास जाँच मुचुल्का कार्य सम्पन्न गरी पोष्टमार्टमको लागी शव टिचिङ्ग अस्पताल पठाएको छ । घटना सम्वन्धमा आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Facebook Comments

Related posts

Leave a Comment