ठीकै छ के चाहियो कुरा गरौँ : प्रधामन्त्री ओली

२६ कार्तिक, काठमाडौ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकले पाएको दुखवारे संवेदनशील हुन मधेशी मोर्चालाई आग्रह गरेका छन् ।

कार्यक्रममा बोल्दै प्रधानमन्त्री
कार्यक्रममा बोल्दै प्रधानमन्त्री

प्रधानमन्त्री ओलीले आफना माग वारे प्रष्ट हुन आग्रह गर्दै सरकार मागको संवोधन गर्न तयार रहेको बताएका हुन् ।
बिहीबार नेपाल संवत्को नयाँ वर्ष ११३६ को अवसरमा आयोजित सांस्कृतिर्क यालीपछि वसन्तपुरमा भएको सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मागको सम्वन्धमा सरकार लचिलो भएको बताउदै जनतालाई रुवाउने काम नगर्न आग्रह गरे ।
प्रधानमन्त्री ओलीले नेपालको नक्सा नटुक्रने, नेपालको शिर ननिहुराउने, नेपाली जनतालाई नोक्सान नर्पुयाउने सबै काम,  सबै कुरा नेपाल सरकारले पूरा गर्ने प्रतिवद्धता जनाए ।

भारतसँगको सीमा नाका बन्द हुदा इन्धन लगायत अत्यावश्यक वस्तुको आपूर्ति रोकिएर जनजीवन कठिन भइरहेको प्रधानमन्त्री ओलीले मोर्चालाई आग्रह गरेका हुन् ।
मञ्चवाट प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलाई सरकारमा सहभागी हुन आह्वान गरेका थिए । कांग्रेस छुट्टै बाहिर बस्नुपर्ने कारणै नभएको भन्दै कांग्रेस सरकारमा आए यथोचित सम्मान गरिने बताए ।

कार्यक्रममा प्रधानमन्त्री
कार्यक्रममा प्रधानमन्त्री

नेपाल संवत्लाई राष्ट्रिय संवतका रुपमा व्यवहारमा लागू गराउनु पर्ने मागका साथ भिन्तुना आन्दोलन र ¥याली सुरु भएको हो ।
प्रधानमन्त्री ओलीले नेपाल संवत् नेपाली माटोबाट उत्पति भएको नेपाली संस्कृति भए पनि व्यवहारिक प्रयोगमा अप्ठ्यारो भएको बताए ।

Facebook Comments

Related posts

Leave a Comment