प्रधानमन्त्री ओलीलाई ओवामाको धाप

२६ कार्तिक, एजेन्सी ।
अमेरिकाका लागि राष्ट्रपति बाराक ओबामाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई वधाई ज्ञापन गर्दै नेपालको आर्थिक वृद्धिका लागि अमेरिका मिलेर काम गर्न तयार रहेको आश्वासन दिएका छन् ।
प्रधानमन्त्री ओली नेपालका प्रधानमन्त्रीमा निर्वाचित भएकोमा ओवामाले बधाई ज्ञापन गरेका हुन् । बधाई सन्देश नेपालका लागि नवनियुक्त अमेरिकी राजदूतले प्रधानमन्त्री ओलीलाई हस्तान्तरण गरेका थिए ।
सन्देशमा राष्ट्रपति ओबामाले अमेरिकी जनताले गत वैशाख १२ गतेको विनाशकारी भूकम्पबाट उठ्न लागेको र प्रजातान्त्रिक संस्थाहरुलाई सुदृढ गर्न लागेको नेपालसँग काँधमा काँध मिलाएर हिँड्ने विश्वास दिलाएको परराष्ट्र मन्त्रालयले निकालेको विज्ञप्तिमा उल्लेख छ ।
संयुक्त राज्य अमेरिका नेपालको दीर्घकालीन आर्थिक वृद्धि प्रयासका रुपमा शताब्दी चुनौती संस्थालाई नेपाल सरकारसँग मिलेर निरन्तरता दिन चाहेको  ओबामाको सन्देशमा उल्लेख छ । राष्ट्रपति ओवामाले दुई देशबीचको ७० वर्ष लामो साझेदारीको स्मरण गर्दै नेपालमा एकता, समृद्धि र पूर्ववत् अवस्थामा फर्कने कामका लागि बढावा दिन मिलेर काम गर्न अमेरिका तयार रहेको बताएका छन् ।

Facebook Comments

Related posts

Leave a Comment