लमजुङको बेसी शहरमा जीप दुर्घट्ना : पाँच जनाको मृत्यु,

२६ कार्तिक, काठमाडौ ।
लमजुङ सदरमुकाम बेसीशहर नजिकै जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । दुर्घटना बेसीशहर नगरपालिका वडा नम्बर १३ चनाौटे र बेलौती बिसौना नजिकै गएराती भएको हो । दुर्घटनामा अन्य दुईजना गम्भीर घाइते भएका छन् ।
मनाङबाट लमजुङतर्फ आउँदै गरेको ग १ ज ५५८८ नम्बरको बोलेरो जीप  बिहान ३ बजेतिर सडकबाट झन्डै २ सय मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा परी मृत्यु हुनेहरुमा बेसीशहर नगरपालिका वडा नम्बर १३ चनौटे घर भई हाल नवलपरासीको कावासोती बस्दै आएका खुशीराम आले साथै चनौटेकै भरत बहादुर थापा र मोसा तामाङ रहेका छन् । उनीहरुको सनाखत भएको र बाँकी २ जनाको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ । मृतकको पोष्टमार्टमका लागि जिल्ला सामुदायिक अस्पताल ल्याइएको प्रहरी नायव उपरीक्षक शम्भुप्रसाद ढकालले जानकारी दिनुभयो ।
मनाङबाट बेसीशहरतर्फ आउँदै गरेको गरेको बोलेरो जीप सडकबाट २  सय मिटर तल मस्र्याङ्दी छेउको खेतमा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइते हुनेमा बेसीशहर नगरपालिका वडा नम्बर १३ का हिरा घले र सेर्तुङ–१ धादिङ घर भएका अक्कलबहादुर तामाङ रहेको प्रहरीले जनाएको छ । घाइतेको लमजुङ जिल्ला सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । ०००

Facebook Comments

सम्बन्धित

Leave a Comment