सार्वजनिक स्थानमा धुम्रपान गर्नेहरु होसियार ! प्रहरी आउदैछ …

२४ कार्तिक, काठमाडौ ।
काठमाडौं प्रहरीले धुमपान लगायतका सुर्तिजन्य लागु पदार्थ सार्वजनिक रुपमा सेवन गर्ने विरुद्ध प्रहरीले छुट्टै दस्ता निर्माण गरेको छ ।

अभियानवारे पत्रकारहरुसँग कुरा गर्दै प्रमूख थापा
अभियानवारे पत्रकारहरुसँग कुरा गर्दै प्रमूख थापा

काठमाडांै प्रहरीले सार्वजनिक रुपमा धुमपान सेवन गर्नेलाई नियन्त्रणमा लिन २ सय प्रहरीको दस्ता निर्माण गरि परिचालन गरेको हो ।
धुमपान तथा लागू औषध नियन्त्रण लेखिएको ज्याकेट सहितका मोटरसाईकलमा हिँड्ने प्रहरीले सार्वजनिक रुपमा धुमपान गर्नेलाई नियन्त्रणमा लिई कारवाही अघि बढाउने छन् । काठमाडौं प्रहरी प्रमुख विक्रम सिंह थापाले चुसे विरुद्धको दस्ता परिचालन भएको घोषणा गरेका हुन् ।
परिक्षणकाल स्वरुप २ साताका लागि धुमपान तथा सुर्तिजन्य पदार्थको सेवनले स्वाथ्यमा पु¥याउने हानि नोक्सानी बारे नियन्त्रणमा लिइएकै स्थानमा काउन्सिलिङ् गरि छाडिने छ । दोस्रो चरणमा चुरोट सेवन चुसे गर्नेलाई कक्षा लिन लगाईने छ । तेस्रो चरणमा चुसे गर्नेलाई सार्वजनिक अपराध ऐन बमोजिम २८ दिनसम्मको कारावही भोग्नु पर्ने छ ।
मादक पदार्थ सेवन गरि हल्ला गर्नेलाई प्रहरीले पक्राउ गरी ३० दिने थुन्ने भएको छ । प्रहरीले अस्वभाविक तेजमा मोटरसाईकल चलाउने, नम्बर प्लेट राम्रोसँग नलेखिएको छोपिएको र स्वरुप परिवर्तन गरिएका मोटरसाईकललाई नियन्त्रणमा लिई चालकलाई पनि सार्वजनिक ऐन अन्र्तगत २८ दिन थुन्ने प्रहरीले चेतावनी दिएको छ ।
यसैबीच, राति १० बजेसम्म मात्र देउसी भैली खेल्न प्रहरीले सबैलाई आग्रह गरेको छ । देउसी भैलो खेल्दा विभिन्न बहानामा जर्वजस्ती अस्वभाविक पैसा माग नगर्न पनि चेतावनी दिएको छ । ०००

Facebook Comments

Related posts

Leave a Comment