सरकारलाई खवरादारी : राजधानीमा कुम्भकर्ण ¥याली

२४ कार्तिक, काठमाडौ ।
भारतले लगाएको नाकाबन्दीको झण्डै दुई महिना बितिसक्दा पनि नाकाबन्दी खुलाउँन सरकारबाट प्रभावकारी पहलसम्म हुन नसकेपछि नागरिकस्तरबाट दबाब बढ्न थालेको छ । Sequence 01.Still001भारतले सीमाक्षेत्रमा आन्दोलन गरिरहेको मधेसी दलहरुको अवरोधको वहाना बनाएर इन्धन लगायतका सामाग्रीहरुको आपूर्ति ठप्प पारिरहँदा पनि मधेसी दलहरुसँगको वार्ता निचोडमा पुर्याउँन नसकेकोमा नागरिकहरु असन्तुष्ट छन् ।
विभिन्न वहानामा देश नै ठप्प बनिरहेको अवस्थामा सरकारलाई दबाब दिने उदेश्यले मंगलवार काठमाडौंमा दबाब र्यालीको आयोजना गरिएको छ । वसन्तपुरबाट शुरु भएको र्याली प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर टुङ्गिएको थियो । Sequence 01.Still002
देशमा सङकट परेका वेला आम नेपाली नागरिक र सरोकारवालाहरुको ध्यान केन्दित गर्न जाग कुम्भकर्ण नामक अभियान अन्तर्गत काठमाण्डौको वसन्तपुरवाट सुरु भएको दबाब र्याली न्यूरोड, दरवारमार्ग,नक्साल हुँदै वालुवाटारसम्म पुगेको थियो । देशमा भ्रष्ट्राचार,कालोवजारी वढेका र दैनिक उपभोग्य समाग्रीहरुको माग वढिरहेको अवस्थामा अव सम्पूर्ण देशवासीलाई आफै स्वावलम्वन वन्न र परनिर्भरता छोड्न सवैलाई जागरुक गर्ने उदेश्यले उक्त ¥याली निकालिएको हो ।Sequence 01.Still003
कार्यक्रममा सहभागीहरुले हामी नेपाली, नेपालको जुन भूगोलमा भए पनि सधैँ एक थियौं र एक नै छौँ,एउटै आमाका सन्तान हामी, घर मात्रै बेग्ला–बेग्लै छ, हाम्रो रगत एउटै हो भन्ने नारा सहितका प्लेकार्ड बोकेका थिए । सीमा क्षेत्रमा देखिएको समस्याको तत्काल अन्त्य गर्नका लागि प्रभावकारी कदम चाल्न पनि सहभागीहरुले सरकारको ध्यानकर्षण गराएका थिए ।

Facebook Comments

Related posts

Leave a Comment