याक अट्याक साइकलिङ शुरु

२४ कात्तिक, लमजुङ ।
विश्वकै उच्च हिमाली भेगमा आयोजना हुने साइक्लिङ प्रतियोगिता मध्येको याक अट्याक साइकलिङ रेसको नवांै संकरण शुरु भएको छ ।Yak Attac 1 नवौं संस्करणमा सहभागी टोली मंगलबार लमजुङबाट मनाङतर्फ लागेको छ ।

नेपालका विभिन्न साइकल दौडमध्ये याक अट्याक साइकल दौड एकमात्र प्रमुख उच्च हिमाली साइकल दौड हो । यो दौड संसारकै जटिल रेसहरुमध्ये एक हो । थोराङ भञ्ज्याङ पार गर्न बाटामा आइपर्ने चिसो हावापानी, जाडो, गर्मी सहेर साइकल चलाएर खेलिने साहसीक खेल हो । काठमाडौंको शिवपुरीदेखि मुस्ताङको तातोपानीसम्म चल्ने उक्त प्रतियोगितामा लमजुङको सदरमुकाम बेसीशहरसम्म आइपुग्दा नेपालका अजय पण्डित क्षेत्री प्रथम भएका छन् । बेलायतको फिल इभेन्सको आयोजना र नेपालको यति ट्राभल्सको व्यवस्थापनमा कार्तिक २१ बाट काठमाडौको शिवपुरीदेखि प्रतियोगिता सुरु भएको थियो ।IMG_7394विगत आठ वर्षदेखि हुँदै आएको याक अट्याक इन्टरनेश्नल बाइकिङ सिरिजको नवौं संस्करणमा कुल ३० खेलाडी सहभागी छन् । प्रतियोगितामा अष्ट्रेलिया र नेपालका गरी दुई जना महिलाले समेत भाग लिएका छन् ।
नेपालका ६ जनासहित अमेरीका, क्यानाडा, फ्रान्स, स्वीडेन, जापान, भुटान र भारतका खेलाडी सहभागी यो साहसीक रेस समुन्द्री सतहबाट ५ हजार ४ सय १६ मिटर उचाईको थोराङ भञ्ज्याङ छिचोल्दै मुस्ताङको तातोपानी पुगेर समापन हुने यति ट्राभल्सका प्रबन्ध निर्देशक विवेक बस्नेतले बताए ।yackattack 2

कुल चारसय पचास किलोमिटर लामो १० दिने प्रतियोगिता काठमाण्डौबाट नुवाकोट, धादिङ, गोरखा, लमजुङको बेसीसहर आइपुगेको हो । साइकलिङ रेस मनाङको चामे थोरङफेदी, थोराङपास, मुस्ताङको मुक्तिनाथ हुँदै तातोपानीमा पुगेर समापन हुने छ । प्रतियोगितामा पहिलो हुनेले ३ लाख, दोस्रो हुनेले २ लाख र तेस्रो हुनेले १ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

Facebook Comments

Related posts

Leave a Comment