अघोषित नाकावन्दीविरुद्ध साझा संकल्प

२३ कार्तिक, काठमाडौ ।
सरकारले भारतीय नाकाबन्दी हटाउन संसदमा साझा संकल्प प्रस्ताव लैजाने तयारी गरेको छ । Sequence 01.Still002प्रधानमन्त्री निवास बालुवाटारमा बसेको तीन दलका शीर्ष नेताको बैठकले संकल्प प्रस्ताव लैजाने निष्कर्ष निकालेको हो ।
तीन दलका शीर्ष नेताबीचको बैठकमा भारतीय नाकाबन्दी विरुद्ध तीन दल एकजुट हुने सहमति पनि भएको छ । डेढ महिनादेखि निरन्तर भारतले एकपक्षीय रूपमा लगाएको नाकाबन्दी अन्तराष्ट्रिय मान्यताविपरीत रहेको भन्दै बैठकले भूपरिवेष्टित राष्ट्रले पाउनुपर्ने सुविधा र दक्षिण एसियामा भारतको असहिष्णु नीतिका बारेमा साझा संकल्प प्रस्ताव तयार गरी संसद्बाट अनुमोदन गराउनुपर्ने निष्कर्ष निकालेको हो ।
संसद्बाट संकल्प प्रस्ताव पारित भएपछि नाकाबन्दीबारे औपचारिक रूपमा अन्तराष्ट्रिय जगतको ध्यानाकर्षण हुनेछ ।  बैठकमा प्रधानमन्त्री केपी ओलीले नाकाबन्दी खुलाउन संसद्बाट संकल्प प्रस्ताव पारित गराउन उपयुक्त हुने प्रस्ताव राख्नु भएको थियो । प्रधानमन्त्री ओलीको प्रस्तावमा एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेसका कार्यवाहक सभापति रामचन्द्र पौडेलले सहमति जनाउनुभएको थियो ।

Facebook Comments

Related posts

Leave a Comment