तिहारमा मिठाई र श्वास्थ्य

२० कार्तिक, काठमाडौ ।
तिहारको सम्बन्ध फुलहरुसंग मात्र नभई सेलरोटीदेखि मिठाइसंग पनि उत्तिकै गतिलो हुन्छ । यही तिहारमा चेली माइतीले एक आपसमा दीर्घायु र निरोगिताको आर्शीवाद पनि साटासाट गर्छन । तर भनिन्छ अति गुलियो पनि तीतो हुन्छ । यस्तै अर्थ राख्छ मानव स्वास्थ्यका लागि तिहारका मिठाइले पनि ।
मिठाईंको पर्व तिहार नजिकिँदै छ । चाड त हो नि भनेर स्वास्थ्यको ख्याल नगरी जथाभावी मस्तले खाने बानी धेरैको हुन्छ । हो यही अतिले खति गर्छ । चाडपर्वमा अन्य काममा व्यस्त हुने भएकाले खानपानको ठेगान  हुँदैन । धेरै समय भोकै बसेर चिल्लो र बढी चिनी प्रयोग भएका पदार्थका खाँदा स्वास्थ्यमा समस्या उत्पन्न हुनसक्ने चिकित्सकहरु बताउँछन् । चिल्लोका कारण एसिडिटी बढन सक्छ भने धेरै क्यालोरीयुक्त खानाले तौलका साथै शरीरमा कोलस्ट्रोलको मात्रा बढ्छ ।
मिठाईंको पर्व तिहारमा त अझ घरमा सेल, अनरसा, फिनी आदि मिठाईं बनाइन्छ जसमा चिल्लो तथा गुलियोको मात्रा प्रशस्त हुन्छ । सेल, फिनीजस्ता रोटी धेरै दिन राखेर खाँदा तेल–घिउ खरिन्छ ।
फलस्वरूप मानिसमा एसिडिटीको समस्या हुनसक्छ । अझ पहिले नै रोग लागिसकेकाले त यस्ता खानेकुरा खाँदा निकै विचार पु¥याउनु पर्छ. । यस्ता रोटीमा चिनीको मात्रा बढी नै हुन्छ । यस्ता खानेकुरा खाँदा रगतमा चिनीको स्तर बढ्छ । तेल–घिउमा तारेका खाना वा बोसोयुक्त उत्पादन नौनी, घिउ, सेल, फिनी, अनरसा आदि मधुमेहका बिरामीले सेवन गर्नु वर्जित नै छ  ।
सेल वा अन्य रोटीमा चिल्लोको मात्रा धेरै हुने भएकाले क्यालोरी बढ्ने सम्भावना पनि उत्तिकै हुन्छ । सेल रोटीको पिठो घिउमा मुछेर घिउ वा तेलमा पकाइन्छ । यसरी बनाइएको सेल खाँदा कोलस्ट्रोल बढ्छ । चाडपर्व मनाउने बहानामा आफ्नो स्वास्थ्यको ख्याल नगरी जथाभावी खानेकुरा खानु स्वास्थ्य हेतु उचित मानिदैन् ।
स्वस्थ मानिस वा रोगी जोसुकै भए पनि स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ । सामान्यतया स्वस्थ मानिसले दिनमा २ ग्राम चिल्लो खान सक्छन् । त्यसैले सागपात, फलफुलजस्ता रेसादार खानेकुरा खानु उपयुक्त हुन्छ । तिहारमा धेरै चिल्लो तथा गुलियो खानेकुरा बनाइने हँँदा स्वास्थ्यलाई ध्यान दिएर ती खानेकुरा प्रयोग गर्न चिकित्सकहरुको सुझाव छ ।

Facebook Comments

Related posts

Leave a Comment