सरकारले सूचना प्रविधिको विकासमा प्रतिवद्ध ः प्रधानमन्त्री ओली

समाचार

२२ कार्तिक, काठमाडौ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले देश आधुनिकतातर्फ प्रवेश गरेको उल्लेख गर्दै सुचना प्रविधि क्षेत्रको विकासप्रति सरकारको साथ र ऐक्यबद्धता रहेको बताउनुभएको छ । Sequence 01.Still008साथै उँहाले सञ्चारक्षेत्रलाई बढी जिम्मेवारी हुन र नेपाली जनताको लागि सेवा पु¥याउने काम गर्न सुझाब पनि दिनुभएको छ ।
प्रवासी नेपालीले स्थापना गरेको नेपाली सामाजिक सञ्जाल सगुन डटकमको दोस्रो संस्करणको शुभारम्भ कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाइ आधुनिक र विकसित बनाउन  सुचना प्रविधिको क्षेत्रलाई व्यापक रुपमा विकास गर्नुपर्ने बताउनुभयो । उँहाले सस्तो संयन्त्र र सन्जालको पछाडि नलागी रचनात्मक ढंगले अगाडि बढन सुझाव दिनुभयो ।
प्रधानमन्त्री ओलीले विदेशका अवसर र सुविधा सम्पन्न स्थानमा बस्न छाडी सिप र अनुभव लिई स्वदेशमै केहि गर्ने उद्धेश्य बोकेका गोविन्द गिरीप्रति आफु निकै खुशी भएको बताउनुभयो ।
करिब बीस बर्षदेखि अमेरिका बस्दै आएका प्रवासी नेपाली गिरीले सामाजिक सन्जाल सगुन डट कमको स्थापना गरेका हुन । विभिन्न फिचर रहेको यस सन्जालमा अन्य सामाजिक सन्जाल फेसबुक, गुगल, याहुभन्दा फरक रहेको सगुन डट कम का स्ांस्थापक गिरीको दाबी छ ।
नेपाली सामाजिक सन्जालमा मुनटल्क, सेक्रेट म्यासेज, माई डे जस्ता एप्लिकेशन रहेको छ, जसको प्रयोगले आर्थिक एंव व्यवसायिक क्षेत्रमा टेवा पुग्ने बताइएको छ ।

Facebook Comments

Leave a Reply