सरकारले आह्वान गरेको भोलीको वार्तामा मधेसी मोर्चा सहभागी नहुने

काठमाडौँ, २१ कात्तिक – सरकार र आन्दोलनरत मधेसी मोर्चाबीच भोली आइतबारका लागि तय भएको वार्तामा मोर्चा सहभागी नहुने संकेत गरेको छ।

सरकारले समानुपातिक प्रतिनिधित्व र निर्वाचन क्षेत्रसम्बन्धी दुई प्रस्ताव संसदमा पेश गरेको छ। तर सो प्रस्तावकै विषयमा मोर्चाले आपत्ति जनाइसकेको छ। तमलोपाका सहअध्यक्ष हृदेश त्रिपाठीले भने, ‘हामीसँग छलफल नगरी लगेको प्रस्तावको ‘ओनरसिप’ लिँदैनौं ।’ वार्ताको वातावरण बनाउन के गर्नु पर्छ त रु भन्ने प्रश्नको जवाफमा उनले भने, ‘त्यो हामीलाई थाह छैन। वार्ता विथोल्ने गरी प्रधानमन्त्रीले विषवमन गरिरहेका छन्। आन्दोलनलाई उपहास गरिरहेका छन्। मधेसीलाई किन प्रतिनिधित्व गराउँने भन्ने सरकारको सोचाई देखिन्छ।’

वीरगञ्ज घटनापछि पनि सरकार संवेदनशील नभएको आरोप मधेसी मोर्चाले आरोप लगाउँदै आएको छ। अहिलेकै अवस्थामा सरकारसँग वार्तामा बस्नुको कुनै औचित्य नरहेको मोर्चाले स्पष्ट पारेको छ। सरकारको शैली के हुन्छ, त्यो हेरेर अर्को बैठकबाट वार्तामा बस्ने वा नबस्ने भन्ने टुंगो लाग्ने नेता त्रिपाठीले बताए ।

Facebook Comments

Related posts

Leave a Comment